मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ गते २०८२

२०८२, भाद्र ३ गते

19th Aug 2025

    मंगलवार, भाद्र ३ २०८२

शिक्षा विधेयक : तीन वटा दफा फालियो, १४ वटा थपियो

शिक्षा विधेयक : तीन वटा दफा फालियो, १४ वटा थपियो

विद्यालय शिक्षा विधेयक ५ भदौमा पास गर्ने तयारी

भाद्र २, २०८२ सोमवार
भाद्र २, २०८२ सोमवार
  • शिक्षा विधेयक : तीन वटा दफा फालियो, १४ वटा थपियो

    विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरूलाई दुई दिनको समय दिइएको छ ।

    समितिको आज (सोमबार) को बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरूलाई वितरण गर्दै दुई दिन अध्ययनको लागि समय दिइएको हो ।

    विधेयकमा यसअघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ ।

    सांसदहरूले अनिवार्य शिक्षा ऐनमा व्यवस्था भएनअनुरूप कम्तिमा पनि दश प्रतिशत छात्रवृत्ति दिनुपर्ने धारणा राखेपछि उक्त विषयमा समेत सहमति जुट्न सकेन । विधेयकको प्रतिवेदनलाई पास गर्नेगरी ५ भदौमा समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा विवादित विषयलाई थाति राखेर प्रतिवेदन तयार पार्‍यो ।

    सोमबार बसेको बैठकमा प्रतिवेदन पेश गर्दै समिति सचिव दशरथ धमलाले विद्यालय शिक्षा विधेयकको पुनर्लेखन जस्तै भएको जानकारी दिए। ‘मूल विधेयक प्राप्त हुँदा १६३ वटा दफा थिए । अहिले १७४ वटा भएका छन् । यो विधेयक पुनर्लेखन जस्तै भएको छ,’ सचिव धमलाले भने ।

    उनका अनुसार मूल विधेयकको ६५ वटा दफा मात्रै चलाएको छैन । ‘अरु सबै दफा चलाएको छ । परिमार्जन भएको छ । १४ वटा दफा नयाँ थपिएको छ । ३ वटा दफा हटाइएको छ । ९८ वटा दफामा केही न केही परिमार्जन भएको छ । ९ वटा दफाको सट्टामा रिप्लेस भएको छ,’ सचिव धमलाले भने ।

    मूल विधेयक संसदमा २०८० भदौ २७ मा दर्ता भएको थियो । १६३ वटा दफामा १७५८ वटा संशोधनको बुँदा परेको थियो । समितिले दफावार छलफल गरेर विधेयकलाई अन्तिम चरणमा पुर्‍याएको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार