शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विद्यादेवी भण्डारी बारेको निर्णयमा एमालेका तीन नेताको असहमति

विद्यादेवी भण्डारी बारेको निर्णयमा एमालेका तीन नेताको असहमति

श्रावण ७, २०८२ बुधवार
श्रावण ७, २०८२ बुधवार
  • विद्यादेवी भण्डारी बारेको निर्णयमा एमालेका तीन नेताको असहमति

    नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नआउन नमिल्ने गरेको निर्णयप्रति तीन नेताले असहमति जनाएका छन् ।

    मंगलबार राति सकिएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नमिल्ने निर्णय सुनाएपछि उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली र पोलिटब्युरो सदस्य कर्ण बहादुर थापाले असहमति जनाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमले तीन जनाले उठेर विरोध गरेको तर अन्य सबैले समर्थन गरेको बताए ।

    गौतमका अनुसार दुई दिनको केन्द्रीय समितीको बैठकमा २६४ केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यहरुले आ-आफ्नो धारणा राखेका थिए । उनले अध्यक्ष ओलीले बैठकमा पार्टीका दुई किसिमका सदस्य हुने, जिल्ला कमिटी कार्यकारी नै हुने, कमिटीको संख्या २५१ जनाको केन्द्रीय सदस्य, एक तिहाई पोलिटब्युरो र १५ जनाको पदाधिकारी रहने निर्णय भएको जानकारी दिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार