शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीन अर्बको ऋण पत्र जारी गर्दै नबिल बैंक

तीन अर्बको ऋण पत्र जारी गर्दै नबिल बैंक

आषाढ ३१, २०८२ मंगलवार
आषाढ ३१, २०८२ मंगलवार
  • तीन अर्बको ऋण पत्र जारी गर्दै नबिल बैंक

    नबिल बैंक लिमिटेडले आगामी साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋण पत्र जारी गर्न लागेको छ । बैकले कुल ३० लाख कित्ता सहितको  ७ प्रतिशत ‘नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।

     ८ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ७ प्रतिशतका दरले ब्याज भुक्तानी गर्नेछ । जारी गर्न लागिएको कुल कित्ता मध्येबाट १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि छुट्याइएको छ ।

    सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।    

    सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते सम्म यस ऋण पत्रमा आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार