शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

    निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

    बुधबार सिंगापुरमा सम्पन्न विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड ‘डोमेस्टिक जनरल इन्स्योरर अफ द इयर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेसन अफ द इयर’ २०२५ बाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी सम्मानित भएको हो ।

    कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ र निर्देशक विजयकुमार पन्त सहभागी भई अवार्ड ग्रहण गरे । एसिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्डका रूपमा लिइने उक्त अवार्डले सम्मानित हुँदा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली बीमा उद्योगको छवि थप उजागर भएको कम्पनीले जनाएको छ ।

    हिमालयन एभरेस्ट इन्स्योरेन्सले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो । कम्पनीले सन् २०२३ मा इन्स्योरेन्स एसिया अवार्ड, सन् २०२४ मा ‘डोमेस्टिक जनरल इन्स्योरर अफ द इयर र ‘स्ट्राटेजिक पार्टनरसिप अफ द इयर’ अवार्ड पाएको छ ।

    HEI_IMG_2.jpg

    बीमा क्षेत्रमा उत्कृष्ट सेवा, नवीन रणनीति तथा ग्राहकमुखी दृष्टिकोणका कारण एचइआई लगातार अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा बटुल्दै आएको छ । यस वर्ष प्राप्त दुई विधाका अवार्डले कम्पनीको व्यावसायिक नेतृत्व क्षमता र नवप्रवर्तनशील सोचलाई पुष्टि गरेको कम्पनीको भनाइ छ ।

    कार्यक्रममा सहभागी भएर अवार्ड ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले यो अवार्ड सम्पूर्ण टिमको कठिन परिश्रम र प्रतिबद्धताको नतिजा भएको बताए । उनले ग्राहकप्रति गरेको सेवा प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यता पाउँदा गर्वित भएको समेत बताए ।

    त्यसैगरी उक्त कार्यक्रममा निर्देशक पन्तले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बीमा कम्पनीले पाएको सम्मानले आगामी दिनमा अझ जिम्मेवार र सशक्त रूपमा अघि बढ्ने प्रेरणा मिलेको बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार