शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेकपा एसको सचिवालय बैठक बस्दै

नेकपा एसको सचिवालय बैठक बस्दै

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • नेकपा एसको सचिवालय बैठक बस्दै

    नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ः बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुने जनाइएको छ । पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जानकारी दिए ।

    उनले अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गरेर पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुने बताए । बुटवलमा पार्टी सम्बद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

    झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भूसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए । पार्टी अनुशासन आयोगले झाँक्रीलाई तीन दिने स्पष्टीकरण समेत सोधेको छ । त्यसको समय पनि आज सकिँदैछ । यसबारे बैठकमा छलफल हुन सक्ने खतिवडाले बताए । ‘अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो । त्यसबारे सचिवालयले निर्णय गर्ने कुरा त आएन तर आयोगले केही सिफारिस गर्न सक्छ,’ उनले भने ।

    एकीकृत समाजवादीका नेताहरूले झाँक्रीलाई निलम्बनसम्मको कारबाही हुनसक्ने बताएका छन् । आजको बैठकमा पतञ्जलि प्रकरणमा अध्यक्ष नेपालमाथि लागेको आरोप, अदालतमा विचाराधीन मुद्दा र त्यसपछिको परिस्थितिबारे छलफल हुने खतिवडाले बताए । ‘यसअघि स्थगित हुँदै आएका कतिपय कार्यसूची छन् । पार्टी संगठनका कामबारे पनि छलफल हुन्छ,’ उनले भने ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार