शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काँग्रेस नेता मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

काँग्रेस नेता मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • काँग्रेस नेता मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश
    नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई विशेष अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
     
    आइतबार विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई न्यायाधीशहरू तेज नारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले २५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
     
    बस्नेतमाथि नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते मुद्धा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।
     
    अख्तियारले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) घोटाला प्रकरणमा संलग्न भएको ठहर गर्दै तत्कालिन मन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत गरी १६ जनालाई प्रतिवादी बनाएको छ । बस्नेतविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बराबरको विगो माग गरिएको छ ।   

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार