शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नाबालिग बलात्कार आरोपमा वाइसिएल इञ्चार्ज पक्राउ

नाबालिग बलात्कार आरोपमा वाइसिएल इञ्चार्ज पक्राउ

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • नाबालिग बलात्कार आरोपमा वाइसिएल इञ्चार्ज पक्राउ

    बलात्कार आरोपमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का रुकुम पश्चिम चौरजहारी इञ्चार्ज पक्राउ परेका छन् । रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री क्षेत्रीलाई प्रहरीले बिहीबार राति एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्टले जानकारी दिए । क्षेत्री वाइसिएलका कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् ।

    उनीमाथि जाजरकोटकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ । जो अहिले छोरीकी आमा समेत भइसकेकी छन् । १७ वर्षकी किशोरीले आफूमाथि क्षेत्रीले जबरजस्ती करणी गरेको भन्दै कार्यालयमा दुई महिनाअघि जाहेरी दिएकी थिइन् । मुलुकी अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरीबिना वा १८ वर्ष भन्दा कम उमेरका बालिकालाई मञ्जुरी लिएर भए पनि गरिएको करणीलाई जबरजस्ती करणी मानेको छ ।

    ती किशोरीलाई नेता क्षेत्रीले २०७९ चैतमा चौरजहारीको एक होटलमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन ्। त्यही घटनाबाट छोरी जन्मिएको भनेर पनि जाहेरीमा उल्लेख गरेको डिएसपी विष्टले बताए । क्षेत्रीले आफूलाई गर्भपतन समेत गराउन दबाब दिए पनि आफूले अस्वीकार गरेको बताएकी छन् । छोरीको जन्म भएपछि क्षेत्रीले नै सबै खर्चको व्यवस्थापन गर्ने आश्वासन दिएको र मुद्दा मामिलामा नजान समेत चेतावनी दिएको आरोप छ ।

    यस घटनामा दुई महिनाअघि नै जाहेरी परे पनि क्षेत्री फरार थिए। बिहीबार भने गोप्य सूचनाको आधारमा प्रहरीको टोली होटलमा पुगेर उनलाई पक्राउ गरेको डिएसपी विष्टले बताए । क्षेत्रीले आफ्नो पहुँच रहेकाले सहजै उम्किने धम्की समेत दिएको आरोप छ । नगर खेलकुद विकास समिति चौरजहारीका अध्यक्ष समेत रहेका क्षेत्री प्रदेश र जिल्लास्तरका राजनीतिक तथा खेलकुद कार्यक्रमहरूमा अग्रस्थानमा रहने गर्थे । शुक्रबार अदालतबाट म्याद थपका लागि लैजाने तयारी प्रहरीको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार