शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राप्रपाले संसद बहिष्कारलाई निरन्तरता दिने

राप्रपाले संसद बहिष्कारलाई निरन्तरता दिने

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • राप्रपाले संसद बहिष्कारलाई निरन्तरता दिने

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद बहिष्कारलाई आज मंगलबार पनि निरन्तरता दिने निर्णय गरेको छ । आन्तरिक छलफलपछि यस्तो निर्णय लिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् । ‘विरोध नियमित राख्ने निर्णय भयो ।

    सुरुमा कुरा राख्छौं र संसद्को काम कारबाही बहिष्कार गर्छौं’ शाहीले सुनाए । उनका अनुसार सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने निष्कर्षमा राप्रपा छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । 

    उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने छन् । भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसद्को काम कारबाही बहिष्कार गर्दै आएको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाउँदै आएको छ ।

    आफूहरू उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने मागमा रहेको शाहीले बताए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानविन आयोगको माग गर्दै लगातार संसद अवरोध गर्दै आएका रास्वपा पनि आजको संसद वैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन छलफलमा छ । अहिले रास्वपा संसदीय दलको वैठक बसिरहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार