शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नराखेको भन्दै माओवादीको आपत्ति

भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नराखेको भन्दै माओवादीको आपत्ति

जेठ ७, २०८२ बुधवार
जेठ ७, २०८२ बुधवार
  • भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नराखेको भन्दै माओवादीको आपत्ति

    भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई ‘बाइपास’ गरेको भन्दै नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ।

    लेखा समितिले भैरहवा विमानस्थल नेपाली कांग्रेस सांसद मञ्जु खाँणको संयोजकत्वमा उपसमिति बनाएको थियो । जसमा आफ्नो दललाई सहभागी नगराइएको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ति जनाएका हुन्। बुधबार समितिको बैठकमा बोल्ने क्रममा सांसद दाहालले आफ्नो दललाई सहभागी नगराएको विषयमा गम्भीर आपत्ति जनाए।

    ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा हाम्रो दल आबद्ध माननीय ज्यूहरूलाई उपस्थित नगराइ उपसमिति बनाइएको छ। यो विषयप्रति पनि गम्भीर आपत्ति जनाउँछु,’ समितिको बैठकमा उनले भने । उपसमितिमा नेकपा एमालेका सांसदहरू योगेश भट्टराई, अच्युतप्रसाद मैनाली, सराज अहमद फारुकी, कांग्रेस सांसद श्यामकुमार घिमिरे, रास्वपा सांसद मनीष झा र स्वतन्त्र सांसद अमरेशकुमार सिंह सदस्य छन्। दाहालले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने अडान पुनः दोहोर्‍याएका छन्।

    आफूहरूले यो विषय पटक–पटक उठाइरहे पनि सुनुवाइ नभएको उनको भनाइ छ। उनले भने, ‘आजको विषयवस्तु प्रवेश गर्नु पहिले नै सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलको हुने अन्तर्राष्ट्रिय संसदीय अभ्यास र हाम्रै संसदीय अभ्यासलाई पनि विगत १० महिनादेखि अस्वीकार गरिराखिएको छ र यसमा गम्भिर आपत्ति छ।’ सार्वजनिक लेखा समिति सभापति अहिले सत्तारुढ एमालेका सांसद ऋषिकेष पोखरेल छन्।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार