शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सांसद कुसारीले हानिन् समिति सभापतिमाथि माइकको ‘झटारो’

सांसद कुसारीले हानिन् समिति सभापतिमाथि माइकको ‘झटारो’

जेठ ७, २०८२ बुधवार
जेठ ७, २०८२ बुधवार
  • सांसद कुसारीले हानिन् समिति सभापतिमाथि माइकको ‘झटारो’

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइकको ‘झटारो’ हानेकी छन्।

    आज (बुधबार) बसेको समितिको बैठकमा समिति सदस्य तथा सांसद कुसारीले सभापति साहमाथि माइक प्रहार गरेकी हुन्। सभापति साहका अनुसार सांसद कुसारी ढिलोगरी बैठकमा आएकी थिइन् । त्यसपछि उनले समय नलिकनै बोल्न थालिन् । यसपछि सभापति साहले उनलाई रोकेका थिए । तर, सांसद कुसारी बम्किइन् र माइक प्रहार गरिन् । तर, लागेन ।

    सांसद कुसारीले आफ्नो नेमप्लेटले पनि हानेकी थिइन् । तर, माइक र नेमप्लेट सभापति साहसम्म पुगेन । ‘उहाँले मलाई नै प्रहार गर्नु भएको हो । तर, म भएतिर आएन, सांसदहरू भएतिर गयो,’ सभापति साहले भने । सांसद कुसारीले पनि आफूले माइक प्रहार गरेको स्वीकारेकी छन् । ‘हानेकै हुँ तर, लागेन,’ उनले भनिन् । उनले समितिमा अब सभापति साह र आफूमध्ये एक जना नरहने बताइन् । उनले आफूलाई सभामुख देवराज घिमिरेले छलफलका लागि बोलाएको पनि बताइन् ।

    आजको बैठक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषयमा छलफल भएको साहको भनाइ छ। विवादकै बीच कुसारीले सभापति साहमाथि गम्भीर आरोप लगाइन् । उनले सभापति साह सधैँ आफै संयोजक बनेर अनुगमनमा जाने, आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको र अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको आरोप लगाएकी छन् ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार