शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

टुुङ्गोमा पुग्ने गरी आन्दोलन चर्काउँछौं, प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं: लिङदेन

टुुङ्गोमा पुग्ने गरी आन्दोलन चर्काउँछौं, प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं: लिङदेन

जेठ ६, २०८२ मंगलवार
जेठ ६, २०८२ मंगलवार
  • टुुङ्गोमा पुग्ने गरी आन्दोलन चर्काउँछौं, प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं: लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन अब निर्णायक हुने बताएका छन्। उनले प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने समेत बताएका छन् ।

    ‘अस्ती प्रधानमन्त्रीले संसदमा भन्नु भयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नु भएन नि हो,’ आज (मंगलबार) काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले भने, ‘भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले। हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो।’ उनले जेठ १५ गतेदेखि सुरू हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने बताए। सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए।

    उनले मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिए । अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने उल्लेख गरे। यस पटक आफूहरूको आन्दोलनलाई टुंगोमा पुराएरै छाड्ने उनले दावी गरे। त्यस्तै केहि दिनअघि प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधनका क्रममा हामी त बुढो भयौं, तपाईं चाहिँ भाग्न मिल्छ भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरूलाई हेलिकोप्टर सुविधा दिने टिप्पणी गरे।

    त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घर–घरमा गएर आफूहरूको आन्दोलनका बारेमा जनतालाई जानकारी गराउने बताए । अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताहरूले खाने उनले बताएका छन्। उनले अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरे । अध्यक्ष थापाले जनताको उपस्थितिबाटै भ्रष्ट शासकहरूलाई पराजित गर्ने र आफ्ना एजेण्डा स्थापित गराएरै छाड्ने बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार