शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कार्ल्सबर्ग गल्फ क्लासिकु प्रतियोगिता सम्पन्न, लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप

कार्ल्सबर्ग गल्फ क्लासिकु प्रतियोगिता सम्पन्न, लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप

बैशाख २१, २०८२ आइतवार
बैशाख २१, २०८२ आइतवार
  • कार्ल्सबर्ग गल्फ क्लासिकु प्रतियोगिता सम्पन्न, लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप

    कार्ल्सबर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा 'कार्ल्सबर्ग गल्फ क्लासिक' प्रतियोगिता सम्पन्न भएको छ । यस रोमाञ्चक एकदिवसीय गल्फ तियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् ।

    प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।

    WhatsApp Image 2025-05-04 at 11.54.03 AM.jpeg

    'कार्ल्सबर्ग गल्फ क्लासिक' प्रतियोगिता-२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार स्वरूप पाए । त्यस्तै ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टि लामाले रनरअपको उपाधि जिते।

    त्यसैगरी महिला तर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए । त्यस्तै सुस्मिता खड्का महिला तर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले 'कोल्जेस्ट टु द पिन' अवार्ड जिते भने प्रकाश गुरुङले 'लङगेस्ट ड्राइभ' को उपाधि जितेका थिए । 

    त्यसैगरी मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरुलाई ट्रफी र कर्ल्सबर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार