शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मधेसी जनता राज्यको आतंकबाट अझै पीडित छन्ः महन्थ ठाकुर

मधेसी जनता राज्यको आतंकबाट अझै पीडित छन्ः महन्थ ठाकुर

बैशाख १५, २०८२ सोमवार
बैशाख १५, २०८२ सोमवार
  • मधेसी जनता राज्यको आतंकबाट अझै पीडित छन्ः महन्थ ठाकुर

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतंकबाट पीडित रहँदै आएको बताएका छन् । लोसपाको जनकपुरधामस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरंकुश राणा शासन तथा राजतन्त्रको आतंकबाट पहिलेदेखि नै गुजरीसकेको बताएका हुन् । 

    यद्यपि उनले राजतन्त्र समाप्त भएपछि पनि मधेसी जनता राज्यको आतंकबाट पीडित रहँदै आएको भन्दै हामी सबै आतंकवाद विरुद्धको लडाईमा एक हुनु आवश्यक रहेको बताए । भारतको कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको चर्चा गर्दै उनले मधेसी जनता अहिले पनि आतंकबाट मुक्ति पाउन नसकेको बताए ।

    उनले धर्म र जातको आधारमा ताकेर निर्दोष पर्यटकहरुलाई आतंकवादीहरुले हत्या गरेकोमा आक्रोस व्यक्त गरे । ठाकुरले नेपालमा पनि धर्म र जातको बाजा बजाउनेहरु बजाईरहेको र यसले नेपाललाई कल्याण नगर्ने बताए । 

    उनले भने,‘नेपालमा पनि हिन्दु राष्ट्रको माग उठिरहेको छ, हिन्दु राष्ट्र बनाउनु ठूलो कुरो होइन तर के हिन्दु राष्ट्र बनाउँदैमा पशुपतिनाथको लड्डु आफै घर–घरमा पुग्छ र ?’ नेपालमा विभिन्न धर्म र जातका व्यक्तिहरु वसोवास गर्छन् सबैको विकास भए मात्रै नेपालको विकास सम्भव रहेको उनले बताए । उनले कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पार्टीलाई सुदृढ बनाउने अभियानमा समेत लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार