शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रहरीबाट फुत्किएका सांसद सिंहले भने–जेल जान मात्र होइन, गोली खान तयार छौं

प्रहरीबाट फुत्किएका सांसद सिंहले भने–जेल जान मात्र होइन, गोली खान तयार छौं

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • प्रहरीबाट फुत्किएका सांसद सिंहले भने–जेल जान मात्र होइन, गोली खान तयार छौं

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक सिंहले राप्रपाका नेताहरु जेल जान मात्र नभएर गोली खान पनि तयार भएको बताएका छन्। आज आइतबार सिंहदरबारमा नियन्त्रण गर्न गएको प्रहरीबाट फुत्किएर बानेश्वर प्रदर्शनमा पुगेका सिंहले राप्रपाका नेताहरु जेल जान मात्र नभएर गोली खान पनि तयार भएको बताएका हुन् ।

    उनले भने, ‘यो नालायक सरकारले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत साथीहरूलाई प्रहरीले पक्राउ गर्‍यो त्यसमा म पनि थिए । हामीले पहिले नै भनेको निषेधित क्षेत्र आज तोडेर देखायौ‌ । राष्ट्र जनताको लागि जेल जान त परैजाओस गोली थाप्न पनि हामी तयार छौँ ।’

    आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । त्यतिबेला सांसद सिंह पनि त्यहीँ थिए । उनी प्रहरी नियन्त्रणमा नपरी अहिले प्रदर्शनस्थलमा पुगेका छन् ।

    लिङदेनसहित राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार