शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कोशीमा आज पर्यटन वर्षको शुभारम्भ हुँदै

कोशीमा आज पर्यटन वर्षको शुभारम्भ हुँदै

चैत्र २७, २०८१ बुधवार
चैत्र २७, २०८१ बुधवार
  • कोशीमा आज पर्यटन वर्षको शुभारम्भ हुँदै

    कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को शुभारम्भमा प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएका छन् । पर्यटकीय क्षेत्र तीनजुरे क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गर्न प्रधानमन्त्री ओलीले आउने गरी कार्यक्रम गरे पनि अन्तिम समयमा उनी नआउने भएका हुन् ।

    गत असोजमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष २०८२ घोषणा गरेको ७ महिनापछि बुधबार उद्घाटन गर्न लागिएको हो । प्रधानमन्त्री नआउने भएपछि उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । पर्यटन वर्ष कोशी प्रदेशको गौरवको कार्यक्रम हो । यसका लागि १० करोड बजेट प्रदेश सरकारले छुट्टाएको छ ।

    प्रधानमन्त्री ओलीले आउने भएपछि उनकै नाम राखेर निमन्त्रण पत्र छापिएको थियो । यो वर्ष तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुलेको छैन । उद्घाटनमा ओली आउने भनेपछि गुराँस फुलाउन प्रदेश सरकारले दमकल प्रयोग गरेर पानी समेत हालेको थियो ।

    गुराँसमा पानी हालेपछि प्रदेश सरकारको चौतर्फी आलोचना भएको थियो । प्रधानमन्त्री आउने भएपछि जङ्गलमै सीसीटीभी क्यामरासमेत जडान गरिएको थियो । आज प्रधानमन्त्री ओलीले अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार