शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले भने- काँडेतार लगाएको छ र कसैले?

भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले भने- काँडेतार लगाएको छ र कसैले?

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले भने- काँडेतार लगाएको छ र कसैले?

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण नगर्न काँडेतार लगाएको छ ? भन्दै टिप्पणी गरेका छन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा भारत भ्रमण सम्भव र असम्भव पनि हुन्छ र भन्दै प्रश्न गरेका हुन् ।

    उनले भारत भ्रमण असम्भव नरहेको बताए । भारत भ्रमण के हुन्छ भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘भारत भ्रमण असम्भव कुरा हो र ? असम्भव कुरा थियो र ? त्यो त कतिपय कारणले नभ्याइराखेको स्थिति हो । कहिले के काम परेको हुन्छ त्यस्तो कुराहरुले मात्र हो । यो बाहिर जस्तो छ अवरुद्ध भो भारत भ्रमण, काँडेतार लगाएको छ र कसैले ? त्यस्तो हुँदै होइन त्यो, त्यसकारण त्यसलाई ठिकै ढंगले बुझ्दा ठिकै हुन्छ ।’

    प्रधानमन्त्री ओलीले अहिले सगरमाथा संवादको तयारीमा व्यस्त रहेकाले भ्याउँदा यो बीचमा पनि भ्रमण हुनसक्ने धारणा राखे । ओलीले भने, ‘हामी अलिकति व्यस्तै छौं, सगरमाथा संवाद गर्दै छौं । तर, भ्याए त्योभन्दा अघि पनि सक्छ ।’ ओलीले मोदीसँगको भेटमा द्विपक्षीय पारस्परिक हितमा व्यापक क्षेत्रमा कुराकानी भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले छिमेकमा देखिएका समस्या एकापसमा संवाद गरेर टुंग्याउने गरी छलफल भएको बताए । ओलीले मोदीसँग पारस्परिक सहयोग, लगानी र व्यापारलगायतका विषयमा कुरा भएको बताए ।

    उनले भने, ‘द्विपक्षीय पारस्परिक हितमा व्यापक क्षेत्रमा कुराकानी भएका छन्, हामीले एउटा अठोट गरेका छौं कि नेपाल भारत सम्बन्धलाई अझै व्यापक, विस्तृत र सुदृढ गर्दै लाने, छिमेकमा साना समस्या देखिन सक्छन् त्यसलाई एकापसमा संवाद गरेर टुंग्याउने भन्ने कुरा हामीले गहिरो समझदारी गरेका छौं ।’

    उनले भेटघाट फलदायी भएकाले आफू खुसी भएको मोदी जी पनि खुसी हुनुभएको उल्लेख गरे । ओलीले भने, ‘मोदीजीसँगको भेटघाट म फलदायी भयो र म खुसी छु । उहाँ पनि खुसी हुनुहुन्छ भन्ने पाएको छु ।’ ओलीले युरोप भ्रमणको कार्यतालिका रहेकाले ‘सगरमाथा संवाद’मा भारतीय प्रधानमन्त्री मोदी नआउने जानकारी गराए ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार