शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्वराजालाई दिएको सबै सुविधा राज्यले खोस्नुपर्छः योगेश भट्टराई

पूर्वराजालाई दिएको सबै सुविधा राज्यले खोस्नुपर्छः योगेश भट्टराई

‘पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाए’

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • पूर्वराजालाई दिएको सबै सुविधा राज्यले खोस्नुपर्छः योगेश भट्टराई

    सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिएको सेवा सुविधा राज्यले खोस्नुपर्ने माग गरेका छन् । आज (सोमबार) को प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले यस्तो माग गरेका हुन् ।

    पूर्वराजाले सम्झौता भंग गरिसकेकाले राज्यले उनलाई पूर्व राष्ट्राध्यक्षका रूपमा दिएको सेवा सुविधा दिन नहुने बताए। चैत १५ गते काठमाडौँमा भएको प्रदर्शनमार्फत शाहले सम्झौता भंग गरेको उनको दाबी छ । सांसद भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाएका टिप्प्णी गरेका छन्।

    उनले भने भने, ‘पूर्वराजा ज्ञानेन्द्रले लफङ्गाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनु भयो । उहाँलाई सम्झौता गरेर नारायणहिटीबाट निर्मल निवासमा पठाउँदा पूर्व राष्ट्राध्यक्षको रूपमा सेवा सुविधा दिइएको हो । त्यो सम्झौता निर्मल निवासमा बसेर भंग गर्नुभयो । अब उहाँलाई सुविधा दिन आवश्यक छ कि छैन। सोच्नु पर्छ।’

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार