शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

संसदमा सत्तापक्ष र विपक्षीको ‘चर्काचर्की’

संसदमा सत्तापक्ष र विपक्षीको ‘चर्काचर्की’

राष्ट्रियसभा बैठकको समय परिवर्तन

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • संसदमा सत्तापक्ष र विपक्षीको ‘चर्काचर्की’

    प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि बैठक स्थगित भएको हो ।

    बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए । तर, विपक्षीहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन् ।

    प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलका सांसदहरू र सत्तारूढ सांसदहरू बोल्न पाउनुपर्ने मागसहित होहल्ला गरेका छन् । बैठकको लाइभ प्रशारण भने भएको छैन । सभामुखको सचिवालयका अनुसार प्राविधिक समस्या देखिँदा बैठक लाइभ प्रशारण नभएको हो ।

    राष्ट्रियसभाको बैठकको समय परिवर्तन
    आज बिहान ११ः१५ बजे बस्नेगरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठकको समय परिवर्तन भएको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपरान्ह् १ः१५ बजे बस्नेगरी बैठकको समय तोकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    बैठकको समय परिवर्तनसम्बन्धी सूचना निकालेर सचिवालयले राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरिएको उल्लेख गरेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार