शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

१५ गतेको प्रदर्शनका लागि समाजवादी मोर्चाले तय गर्‍यो यी तीन रुट

१५ गतेको प्रदर्शनका लागि समाजवादी मोर्चाले तय गर्‍यो यी तीन रुट

‘कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैन’

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • १५ गतेको प्रदर्शनका लागि समाजवादी मोर्चाले तय गर्‍यो यी तीन रुट

    समाजवादी मोर्चाले आउँदो १५ गते काठमाडौंको भृकुटिमण्डपमा हुने विरोध प्रदर्शनमा हजारौंको संख्यामा मानिसहरू उतार्ने निर्णय गरेको छ ।

    आज (बुधबार) बसेको मोर्चाको १२ औं केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए । सभामा लगभग डेढ लाख मान्छे उपस्थित हुने अपेक्षा राखिएको उनले बताएका छन् ।


    ‘१५ गतेको समाजवादी मोर्चाले गर्न लागेको विशाल विरोध प्रदर्शन र सभा कार्यक्रमलाई व्यवस्थित गर्ने भएको छ,’ उनले भने, ‘मास हजारौं संख्यामा उपस्थित गराउने निर्णय भएको छ ।’ त्यस्तै, गणतन्त्रको पक्षमा रहेका सबै दललाई उक्त प्रदर्शनमा सहभागी हुन आह्वान पनि भएको उनले बताए । जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय भएको उनले बताए ।

    यी हुन् तीन रुट
    रुट–१ : कोटेश्वर–नयाँ बानेश्वेर–माइतीघर–भृकटिमण्डप
    रुट–२ : कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिबाटिका– भृकटिमण्डप
    रुट–३ : नागपोखरी–पुतलीसडक–भृकुटिमण्डप

    ‘कुलमानबारे प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्दैन’
    समाजवादी मोर्चाले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने बताएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले कुलमानको मात्रै नभएर अध्यादेश र सुशासनको विषयमा पनि सदनमा विरोध जनाइएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।

    उनले भने, ‘सदनमा चलेको संघर्षको विषयमा संसदमा भएको पार्टीका लिडरहरुले जानकारी गराउनुभएको थियो । त्योलगायत कतिपय अध्यादेश र सुशासनको कुराहरु पनि छ । यो सबै विषयलाई लिएर प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहनेछ ।’ विपक्षी दलहरुले कुलमानबारे प्रधानमन्त्रीको जवाफ माग्दै गर्दा प्रधानमन्त्रीले भने एउटा कर्मचारी हटाइयो, अर्को नियुक्त गरियो, सकियो भन्दै चिसै पानीले नुहाउनु पर्ने जवाफ फर्काएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार