आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

विदेश जाने यात्रुु अब एक घण्टा अघि नै अध्यागमन पुग्नुपने, ठगी र ‘सेटिङ’ रोक्न यस्तो व्यवस्था

विदेश जाने यात्रुु अब एक घण्टा अघि नै अध्यागमन पुग्नुपने, ठगी र ‘सेटिङ’ रोक्न यस्तो व्यवस्था

भाद्र १, २०८२ आइतवार
भाद्र १, २०८२ आइतवार
  • विदेश जाने यात्रुु अब एक घण्टा अघि नै अध्यागमन पुग्नुपने, ठगी र ‘सेटिङ’ रोक्न यस्तो व्यवस्था

    विदेश जाने यात्रुहरु अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घण्टा अगाडि नै पुग्नुपर्ने भएको छ । अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तीमा एक घण्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

    भ्रमणको कागजात बनाएर कीर्ते रुपमा कामदार विदेश पठाउन संगठित समूह लागिपरेको भन्दै सदनदेखि सडकसम्म आवाज उठिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कागजात परीक्षणका लागि यात्रुलाई एक घण्टा अघि नै अध्यागमन पुग्न सूचित गरेको हो ।

    अध्यागमनमा हतारहतार पुुग्दा यात्रुको चाप बढी भएकाले कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तीमा एक घण्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको हो । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार विशेष गरी रातिको समयमा खाडी मुलुक जाने यात्रुहरुको हकमा यो समस्या रहेका कारण यसमा कडाइ गरिएको हो ।

    उनका अनुसार खाडी मुलुक जानेहरु हतारमा अन्तिम समयमा अध्यागमन जाँच डेस्क पुग्ने गर्दा सुरक्षा अधिकारीलाई समेत कठिनाइ हुने भएकाले अबदेखि एक घण्टा अघि नै पुग्नुपर्ने छ । अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनीसहित सरोकारवाला निकायबीच छलफल गरेर यो निर्णय लिइएको हो ।

    विमानस्थलमा रातिको समयमा यात्रुको चाप रहने भएकाले नागरिक उड्डयान प्राधिकरणलाई उडानको तालिका समेत लचिलो बनाएर पछाडि सार्न आग्रह गरिएको भनिएको छ । विमानस्थल अध्यागमनका कर्मचारीको मिलेमतोमा संगठित गिरोहले नेपाली युवालाई असुली गरेर पठाएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ ।

    तत्कालीन विमानस्थल प्रमुख सहसचिव तीर्थराज भट्टराई यो मामिलामा पक्राउ परेपछि नेतृत्वमा नयाँ सहसचिव पठाइएको थियो । यद्यपि, भिजिट भिसामा असुली गरेर पठाउने क्रम नरोकिएपछि गृह मन्त्रालयले विमानस्थल अध्यागमनमा नरहरि घिमिरे र अध्यागमन महानिर्देशकमा तिवारीलाई पठाएको थियो ।

    यता अध्यागमन विभागले वैदेशिक यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन भन्दै ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनीदेखि एयरलाइन्ससम्मलाई लक्षित गरी सार्वजनिक अनुरोध गरेको छ । विभागले आज एक सार्वजनिक अनुरोध जारी गर्दै विमानस्थलमा हुने ‘सेटिङ’, नक्कली कागजातको प्रयोग र भिजिट भिसाको दुरूपयोग रोक्न कडा कदम चाल्ने जनाउ दिएको हो ।

    अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश प्रस्थान गर्ने र नेपाल प्रवेश गर्ने यात्रुहरुलाई प्रदान गरिने सेवालाई थप सरल र सहज बनाउन सहयोग गर्न विभागले यात्रुसहित सात संस्थाहरुलाई अनुरोध गरेको छ ।

    विभागले अबदेखि पर्यटक भिसामा विदेश जान चाहने नेपाली नागरिकप्रति हैसियतको आधारमा विभेदपूर्ण व्यवहार नगर्ने बताएको छ । कानुन बमोजिम अनुसन्धान गर्नुपर्ने स्थिति बाहेक अन्यथा रोकथाम वा दुव्र्यवहार नगर्न निर्देशन दिइएको छ ।

    विभागले ट्राभल्स, कन्सल्टेन्सी र म्यानपावर कम्पनीहरूलाई सचेत गराएको छ । पर्यटकीय भिसामा विदेश पठाउने प्रलोभन देखाउने, नक्कली कागजात बनाइदिने र दोहोरो टिकट काटेर यात्रुलाई अलपत्र पार्ने जस्ता कार्यमा संलग्न कम्पनीलाई तत्काल अनुसन्धान गरी कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ । विभागले त्यस्ता गैरकानूनी काम गर्ने कम्पनी र सञ्चालकको नाम सार्वजनिक गर्ने पनि बताएको छ ।

    त्यस्तै, विमान कम्पनीहरूलाई पनि जिम्मेवार बन्न आग्रह गरिएको छ । ‘ओभरबुकिङ’ को नाममा यात्रुलाई हैरानी दिने र बोर्डिङ पास जारी गरेपछि पनि विभिन्न बहानामा उडानबाट वञ्चित गराउने प्रवृत्ति बढेको भन्दै त्यसो नगर्न सचेत गराइएको छ । कुनै यात्रुलाई ‘अफलोड’ गर्नुपरेमा त्यसको स्पष्ट र लिखित कारण दिनुपर्ने निर्देशनमा उल्लेख छ।

    सूचनामा भनिएको छ ,‘सबै यात्रुहरुलाई विमानको प्रस्थान समयभन्दा कम्तीमा १ घण्टा अगावै अध्यागमनको स्टेरेलाइज्ड एरियामा अनिवार्य रूपमा पठाउन सबै वायुसेवा कम्पनीहरूलाई अनुरोध गरिन्छ। यसका लागि चेक–इन काउन्टर समयमै बन्द गर्ने व्यवस्था मिलाई अध्यागमन क्षेत्र र प्रक्रियामा अनावश्यक दबाब तथा असहज अवस्था नहुने गरी व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ ।’

    केहि वायुसेवा कम्पनीहरुले अत्यधिक ओभरबुकिङ गर्ने, बोर्डिङ पास जारी गर्दा समेत नागरिकको हैसियतका आधारमा व्यवहार गर्ने भन्ने सूचना प्राप्त भएकाले त्यस्ता प्रकारका गतिविधिमा संलग्न नहुनरनगराउन सबै वायुसेवा कम्पनीहरुले हवाई टिकट बुकिङ्ग गर्दा सिट क्षमता भन्दा बढी टिकट बुकिङ्ग नगर्न र यस विषयमा सम्बन्धित वायुसेवा कम्पनीका कर्मचारीहरुलाई सुसूचित तथा प्रशिक्षित गर्न र गराउन विभागले समेत अनुरोध गरेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट