आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

प्रधानमन्त्री ओली भेट्न विमानस्थलबाट सिधै बालुवाटार पुगे भारतीय विदेश सचिव विक्रम मिश्री

प्रधानमन्त्री ओली भेट्न विमानस्थलबाट सिधै बालुवाटार पुगे भारतीय विदेश सचिव विक्रम मिश्री

भाद्र १, २०८२ आइतवार
भाद्र १, २०८२ आइतवार
  • प्रधानमन्त्री ओली भेट्न विमानस्थलबाट सिधै बालुवाटार पुगे भारतीय विदेश सचिव विक्रम मिश्री

    भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री केहि बेरअघि काठमाडाौं आइपुगेका हुन् ।

    उनी विमानस्थलबाट सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिन काठमाडौं आएका हुन् ।

    mishri (2).jpg

    उनले १०ः३० प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढानीलकण्ठ जानेछन् । त्यहाँ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ ।

    देउवासँगको भेटपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा लगायतसँग महत्वपूर्ण भेटघाट आजै गर्ने कार्यक्रम रहेको छ ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट