मार्गदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कलेज सञ्चालक रामहरि सिलवाल पक्राउ परेका छन् ।
रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रकम हिनामिना गरेको आरोपमा सिलवाल उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
प्रहरीले मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाकै अध्यक्ष अशोक केसीलाई पनि यसअघि नै नियन्त्रणमा लिएको थियो ।
एमालेको राजनीतिमा समेत संलग्न सिलवाल यसअघि एमाले चितवन काठमाडौं सम्पर्क मन्चको अध्यक्ष थिए । उनी हिसानका उपाध्यक्ष समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्