शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लमजुङमा राती सिसिटिभी बन्द गरेर कीर्ते नागरिकता वितरण, कर्मचारीसहित दुई जना पक्राउ

लमजुङमा राती सिसिटिभी बन्द गरेर कीर्ते नागरिकता वितरण, कर्मचारीसहित दुई जना पक्राउ

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • लमजुङमा राती सिसिटिभी बन्द गरेर कीर्ते नागरिकता वितरण, कर्मचारीसहित दुई जना पक्राउ

    जिल्ला प्रशासन कार्यालय लमजुङमा राती सिसिटिभी बन्द गरेर राती १० बजे किर्ते नागरिकता बनाएको आरोपमा प्रहरीले एक कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा कार्यरत चितवन घर भएका २७ बर्षीय अशोक भण्डारी र बेसीशहर नगरपालिका–४ घर भएकी ३४ बर्षीय सविता गुरुङ छन् ।

    जिल्ला प्रशासन कार्यालयबा लमजुङबाट नागरिकता नं. ४५१०२६–१३८७७ रहेको ती युवतीको गत फागुन २२ गते राती सीसीटीभि समेत बन्द गरी किर्ते नागरिकता बनाइएको थियो ।प्रहरीले ती युवतीलाई चैत्र १४ गते बिहिबार र प्रशासनका कर्मचारी भण्डारीलाई चैत्र १५ गते शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए ।

    पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट किर्ते नागरिकताको मुद्दामा म्याद थपको अनुमति लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए । ती युवती आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गरी नागरिकतामा बाबुको नाम परिवर्तन गरेर नक्कली छोरी बनि बेलायत जान खोजेको देखिन्छ ।

    पछिल्लो नागरिकता बनाउँदा ती युवतीले कर्मचारी, नेता लगायतका व्यक्तिलाई निकै ठुलो रकम खर्च गरेको समेत पाइएको छ । चैत २२ गते जारी मिति राखेर बनाएको नागरिकतामा राखिएको बाबुको नाम भने, साईनोले युवतीको बाजे पर्छन् । ती बाजे बेलायती कार्डवाला हुन् ।  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार