सुवास नेम्वाङ
सुवास नेम्वाङलाई संविधान जारी नगर्न दबाब थियो: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी नगर्न तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई दबाब दिइएको बताएका छन् । आज पार्टी कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उनले संविधान जारी नगर्न...

नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा एमालेको विचार गोष्ठी

नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज (मंगलबार) विचार गोष्ठी गर्दैछ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण...

नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाटमा

संविधानसभा अध्यक्ष तथा एमालेका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पशुपति आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पशुपति आर्यघाट पुगेर उनलाई श्रद्धाञ्जली दिनेको लामो लाम...

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै, यस्तो छ शवयात्राको रुट

संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको आज बिहीबार अन्त्येष्टि गरिँदै छ । बिहान ११ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिन लागेको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय...

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट बालुवाटार निवास लगियो

संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको शव निजी निवास बालुवाटार लगिएको छ । पार्टी कार्यालय च्यासलबाट भर्खरै आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर निवास लगिएको...

सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि निवासमा राखिने

नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोबाट बालुवाटारस्थित निवासमा राखिने भएको छ । एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने...

नेम्वाङको निधनका कारण प्रतिनिधिसभा बैठक सर्‍यो

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक दिन पछाडि सरेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण बिहीबार अपरान्ह ३ बजे...

सुवास नेम्वाङको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिने, बिदा पनि दिइने

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको आज निधन भएको थियो । मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी गराए । उनका अनुसार...

नेम्वाङको निधनपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । उनलाई कस्तो सम्मान दिने...

ताजा अपडेट