नेइमारको टिम अल हिलाल हारबाट जोगियो

ब्राजिलियन फरवार्ड नेयमारको टिम अल हिलाल एएफसी च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा नाभ्बाहोर नामांगमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । सोमबार राति उज्वेकिस्तानी क्लब नामांगमले साउदी प्रो लिगको क्लब अल हिलाललाई उसैको घरमा बराबरीमा रोकेको हो ।
साउदी अरेबियाको रियादस्थि किङ फहाद रंगशालामा दुवै गोल दोस्रो हाफमा भएको थियोे । टोमा टादाटाद्जीले ५२औँ मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा अली अल बोलेहीले गोल गर्दै घरेलु टिमलाई हारबाट बचाएका थिए । यो बराबरीसंगै समूह ‘डी’ मा रहेका दुवै टिमले समान एक अंक जोडेका छन् ।
यो समूहमा अल हिलाल र नामांगमसँगै भारतीय क्लब मुम्बई सिटी एफसी र इरानी क्लब एफसी नासाजी माजानदारन छन् ।
-
एसियाली खेलकुदमा महिला क्रिकेटको उपाधि भारतलाई
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भारतले महिला क्रिकेटको उपाधि हात पारेको छ ।...
४ घण्टा अगाडी १ मिनेट पाठ -
माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
तनावपूर्ण खेलमा माल्दिभ्सलाई ४–१ ले हराउँदै घरेलु टिम नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश...
५ घण्टा अगाडी ३ मिनेट पाठ -
माल्दिभ्सविरुद्ध नेपाल २–० ले अघि
साफ यू–१९ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको...
७ घण्टा अगाडी २ मिनेट पाठ -
एसियाली खेलकुदः अन्जलीको मिश्रित प्रदर्शन
काठमाडौं । नेपालकी अञ्जली तामाङले १९औं एसियाली खेलकुदको तेक्वान्दोमा सोमबार मिश्रित प्रदर्शन गरेकी छन्...
९ घण्टा अगाडी १ मिनेट पाठ -
एसियाली खेलकुद: महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने
चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने छ ।...
१० घण्टा अगाडी १ मिनेट पाठ