१९औँ एसियाली खेलकुद प्रतियोगिता: नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक, को को परे टीममा?

आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो। छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल रहेका छन्। त्यस्तै अन्य सदस्यमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी छन्।
त्यसैगरी ललित राजवंशी, विवेककुमार यादव, अभिनाश बोहरा र सन्दीप लामिछाने पनि टोलीमा अटाएका छन्। एसियाली खेलकुदअन्तर्गत क्रिकेट खेलमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा माल्दिभ्स र मङ्गोलिया रहेका छन्। यसपटकको एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ।
नेपालबाट कूल दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एसियाली खेलकुद प्रतियोगिता आगामी असोज २१ गतेसम्म चल्नेछ।
-
एसियाली खेलकुदमा महिला क्रिकेटको उपाधि भारतलाई
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भारतले महिला क्रिकेटको उपाधि हात पारेको छ ।...
४ घण्टा अगाडी १ मिनेट पाठ -
माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
तनावपूर्ण खेलमा माल्दिभ्सलाई ४–१ ले हराउँदै घरेलु टिम नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश...
५ घण्टा अगाडी ३ मिनेट पाठ -
माल्दिभ्सविरुद्ध नेपाल २–० ले अघि
साफ यू–१९ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको...
७ घण्टा अगाडी २ मिनेट पाठ -
एसियाली खेलकुदः अन्जलीको मिश्रित प्रदर्शन
काठमाडौं । नेपालकी अञ्जली तामाङले १९औं एसियाली खेलकुदको तेक्वान्दोमा सोमबार मिश्रित प्रदर्शन गरेकी छन्...
९ घण्टा अगाडी १ मिनेट पाठ -
एसियाली खेलकुद: महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने
चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने छ ।...
१० घण्टा अगाडी १ मिनेट पाठ