आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

टी–ट्वान्टी महिला सिरिज नेपाललाई


Nepal Raibar
२१, जेठ २०८० (अर्काइभ बाट)
टी–ट्वान्टी महिला सिरिज नेपाललाई
पाँच खेलको टी–ट्वान्टी महिला सिरिज नेपालले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई ३ विकेटले हराउँदै नेपालले सिरिज ३–२ ले हात पारेको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालकी सीता रानामगरले सर्वाधिक ३४ रन बनाइन् । यस्तै, कप्तान रूबिना क्षेत्रीले २३, अप्सरी बेगमले १५ तथा ज्योती पाण्डेले ११ रन बनाइन् । मलेसियाकी हमिजा हसिमले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो । मलेसियाका वान जुलियानले ४७ रन बनाइन् । यसैगरी विनिफ्रेड दुराइ सिंघमले २, महिराह इज्जाती इस्माइलले २० रन जोडिन् । नेपालकी कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिइन् । नेपालले सिरिजमा यसअघि दोस्रो र तेस्रो खेल जितेको थियो भने पहिलो र चौथो खेलमा पराजित भएको थियो ।

ताजा अपडेट