एकदिवसीय विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा

जिम्बावेमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो ।
नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्याण्ड्स छन् । त्यस्तै, समूह ‘बी’ मा ओमान, श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई) छन् । आगामी असार ३ गतेदेखि असार २४ सम्म जिम्बावेमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रले भाग लिनेछन् । समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । समूह चरणबाट आ–आफ्नो समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एउटा समूहले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्सको शीर्ष दुईभित्र रहने टोली आगामी अक्टोबरमा भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।
प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिहं ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र कुशल मल्ल छन् ।
-
सन्दीपलाई दक्षिण अफ्रिका पठाउने तयारीमा क्यान
नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण...
४९ मिनेट अगाडी १ मिनेट पाठ -
मुद्दाको पेसी सरेपछि विश्वकपको क्यवालिफायर खेल्न सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाँदै
नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका...
१ घण्टा अगाडी १ मिनेट पाठ -
टी–ट्वान्टी महिला सिरिज नेपाललाई
पाँच खेलको टी–ट्वान्टी महिला सिरिज नेपालले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक...
२ घण्टा अगाडी १ मिनेट पाठ -
महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित
पाँच खेलको महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।जितका...
१ दिन अगाडी २ मिनेट पाठ -
एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि सचिवालय स्थापना
एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंको त्रिपुरेश्वरमा सचिवालय स्थापना गरेको...
२ दिन अगाडी २ मिनेट पाठ