आईपीएल: गुजरातसँग बेंगलोर हार्दा मुम्बई प्लेअफमा

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को लिग चरणको अन्तिम खेलमा गुजरात टाइटन्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ। बैंगलोरले घरेलु मैदानमा दिएको १९८ रनको विजयी लक्ष्य गुजरातले १९ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
गुजरातको जितमा शुभमन गीलले १०४ रनको शतकीय पारी खेलेका थिए भने विजय शंकरले ५३ रन बनाए। सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा गुजरातसँग पराजित भएसँगै बैंगलोर प्लेअफबाट बाहिरियो। यसको फाइदा मुम्बइ इन्डियन्सलाई भयो। सोमबारै पहिलो खेलमा सनराइजर्स हैदरवादलाई पराजित गरेको मुम्बइ लिगमा चौथो बन्दै प्लेअफप पुग्यो। यसअघि नै शीर्ष स्थान पक्का गरिसकेको साविक विजेता गुजरातले लिगमा यस सिजन पनि लिगमा उत्कृष्ट प्रदर्शन गर्दै १४ मध्ये १० खेल जित्दै सर्वाधिक २० अंक जोड्न सफल भयो।
गुजरातले अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा दोस्रो स्थानको चेन्नाइ सुपर किंग्ससँग खेल्नेछ। यस्तै तेस्रो भएको लखनउ सुपर जायन्ट्स र चौथो भएको मुम्बइबीच एलिमिनेटर खेल हुनेछ।
-
सन्दीपलाई दक्षिण अफ्रिका पठाउने तयारीमा क्यान
नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण...
१ घण्टा अगाडी १ मिनेट पाठ -
मुद्दाको पेसी सरेपछि विश्वकपको क्यवालिफायर खेल्न सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाँदै
नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका...
२ घण्टा अगाडी १ मिनेट पाठ -
टी–ट्वान्टी महिला सिरिज नेपाललाई
पाँच खेलको टी–ट्वान्टी महिला सिरिज नेपालले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक...
२ घण्टा अगाडी १ मिनेट पाठ -
महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित
पाँच खेलको महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।जितका...
१ दिन अगाडी २ मिनेट पाठ -
एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि सचिवालय स्थापना
एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंको त्रिपुरेश्वरमा सचिवालय स्थापना गरेको...
२ दिन अगाडी २ मिनेट पाठ