शनिवार, मंसिर १६ गते २०८०

२०८०, मंसिर १६गते

2nd Dec 2023

प्रधानमन्त्रीले पेस्तोल पड्काएर गरे म्याराथन प्रतियोगिताको उद्घाटन


Nepal Raibar
६, जेठ २०८० (अर्काइभ बाट)
प्रधानमन्त्रीले पेस्तोल पड्काएर गरे म्याराथन प्रतियोगिताको उद्घाटन
कान्तिपुर मिडिया ग्रुपले आज ११ औं ‘कान्तिपुर हाफ म्याराथन’ आयोजना गरेको छ । थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस्तोल पड्काएर म्याराथन प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍याएको बताएका छन् । साथै कान्तिपुर मिडिया ग्रुपले हरेक विकृति र विसंगतिविरुद्ध पनि निरन्तर आवाज उठाउँदै आएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । यस वर्षको म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको छ । हाफ म्याराथन (२१.१ किमि), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचियर रन (३ किमि) गरी चार विधामा झन्डै ४ हजार ७ सय सहभागी हुने आयोजक कान्तिपुर पब्लिकेसन्सले जनाएको छ । सिटी म्याराथनको अवधारणामा राखिएको कान्तिपुर हाफ म्याराथनमा कलेज रन पहिलो पटक राखिएको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स संघले वार्षिक क्यालेन्डरमा राख्दै आएको छ । हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ पाउने छन् ।

ताजा अपडेट