पपुवा न्युगिनीविरुद्ध नेपालको कीर्तिमानी जित

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज कीर्तिमानी जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा लक्ष्य भेट्टायो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।
२१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । त्यस्तै कुशल मल्लले १२ रन बनाए । पीएनजीका लागि काड सोपरले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९५ रन बनाएको थियो ।
पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनायो । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए ।
१० ओभर बलिङ गरेका सन्दीपले १ मेडेन ओभरसँगै २५ रन खर्चे । नेपालका लागि ललित राजवंसी र कुशल मल्लले दुई–दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै नेपालले लिग–२ मा ३५ खेलबाट ३८ अंक जोडेको छ । पराजित पीएनजीको ३५ खेलबाट ११ अंक जोडेको छ । नेपालले अब एक खेलमा जित निकाल्न सकेमा सोझै विश्वकप छनोट खेल्न पाउने छ ।
-
एम्बाप्पे बने फ्रान्सको नयाँ कप्तान
फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् । पूर्व...
१ दिन अगाडी १ मिनेट पाठ -
क्रिकेट खेलाडीलाई सम्मान
नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र...
१ दिन अगाडी २ मिनेट पाठ -
लुम्बिनी प्रदेश सरकारद्वारा क्रिकेट खेलाडीलाई पुरस्कार घोषणा
लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार...
१ दिन अगाडी २ मिनेट पाठ -
क्रिकेटर कुशल मल्ललाई बुटवल उपमहानगरको सम्मान
बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ...
२ दिन अगाडी १ मिनेट पाठ -
सुदूरपश्चिम प्रदेश सरकारले ऐरी र सार्कीलाई पुरस्कार दिने
सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही...
४ दिन अगाडी ३ मिनेट पाठ