प्रधानमन्त्री कप महिला टी-२०ः सेमिफाइनल समिकरण पूरा

मधेशकी सना प्रवीनले प्लेयर अफ दि म्याचको पुरस्कार जितेकी छिन् ।इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
समूह ‘बी’ बाट मधेश प्रदेशले अन्तिम चारमा स्थान पक्का गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो। मधेशले बुधबार भएको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १६ रनले हरायो। पहिले ब्याटिङ गरेको मधेशले ५ विकेटको क्षतिमा १०७ रन जोड्यो। उसका लागि सना प्रवीनले ४६ रन जोडिन्। १०८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ५ विकेटको क्षतिमा ९१ रन मात्र जोड्न सक्यो। लुम्बिनीका लागि रन्जु श्रेष्ठले नटआउट २१ रन जोड्दा बलिङमा भूमी सिंहले २ रन जोडिन्। यससँगै मधेश समूहमा उपविजेता बन्यो। यो समूहबाट प्रदेश एक विजेता बनेर अन्तिम चारमा पुगिसकेको छ।
समूह ‘ए’ बाट सुदूरपश्चिम विजेता र एपिएफ उपविजेता बनेर अन्तिम चारमा पुगेका थिए। अब सेमिफाइनलमा एपिएफ र प्रदेश एक तथा सुदूरपश्चिम र मधेशबीच खेल हुनेछ। सेमिफाइनल शुक्रबार र फाइनल शनिबार हुनेछ।
-
युभेन्ट्सको इटालियन सिरी ‘ए’ मा सहज जित
डुसान भ्लाहोभिचले दुई गोलसँगै एक असिसट प्रदान गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज...
१५ घण्टा अगाडी १ मिनेट पाठ -
साफ महिला यू–२० च्याम्पियनसिप फुटबल: नेपालद्वारा भारत पराजित
दक्षिण एसियाली फुटबल महासंघ साफ महिला यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले...
१ दिन अगाडी २ मिनेट पाठ -
नेयमार प्रशिक्षणमा फर्किए: बुधबारदेखि मैदानमा
फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेइमार सोमबारबाट प्रशिक्षणमा फर्किएका छन। तिघ्राको...
२ दिन अगाडी १ मिनेट पाठ -
गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुने
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता-२०७९’ हुने भएको...
२ दिन अगाडी २ मिनेट पाठ -
राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त
भारतका मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । करिब...
२ दिन अगाडी १ मिनेट पाठ