प्रधानमन्त्री कप महिला टी-२०ः सुदूरपश्चिम र एपिएफ सेमिफाइनलमा

इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन्। समूह ‘ए’ बाट दुवै टिम दुई दुई जितका साथ अन्तिम खेलअघि नै अन्तिम चारमा पुगेका हुन्।
सोमबार भएको खेलमा सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। सुदूरको जितसँगै एपिएफ पनि अन्तिम चारमा पुग्यो। पहिले ब्याटिङ गरेको गण्डकी ९ विकेटको क्षतिमा ६० रन मात्र जोड्यो। उसक लागि सीमना केसीले १३ रन जोड्दा बलिङमा सुदूरकी मनिसा चौधरीले ४ विकेट लिइन्। ६१ रनको लक्ष्य सुदूरले एक विकेटको क्षतिमा ११ ओभरमा पुरा गर्यो। सुदूरको जितमा कप्तान विन्दू रावलले नटआउट ४६ रन जोडिन्।
यता समूह ‘बी’ को खेलमा प्रदेश एकले लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ।
-
युभेन्ट्सको इटालियन सिरी ‘ए’ मा सहज जित
डुसान भ्लाहोभिचले दुई गोलसँगै एक असिसट प्रदान गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज...
१५ घण्टा अगाडी १ मिनेट पाठ -
साफ महिला यू–२० च्याम्पियनसिप फुटबल: नेपालद्वारा भारत पराजित
दक्षिण एसियाली फुटबल महासंघ साफ महिला यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले...
१ दिन अगाडी २ मिनेट पाठ -
नेयमार प्रशिक्षणमा फर्किए: बुधबारदेखि मैदानमा
फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेइमार सोमबारबाट प्रशिक्षणमा फर्किएका छन। तिघ्राको...
२ दिन अगाडी १ मिनेट पाठ -
गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुने
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता-२०७९’ हुने भएको...
२ दिन अगाडी २ मिनेट पाठ -
राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देशाई नियुक्त
भारतका मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । करिब...
३ दिन अगाडी १ मिनेट पाठ