मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

विश्वकपः स्वीट्जरल्याण्डको विजयी शुरुवात, क्यामरुन १–० ले पराजित


Nepal Raibar
८, मंसिर २०७९ (अर्काइभ बाट)
विश्वकपः स्वीट्जरल्याण्डको विजयी शुरुवात, क्यामरुन १–० ले पराजित
कतारमा जारी विश्वकप फुटबलमा स्वीट्जरल्याण्डले विजयी शुरुवात गरेको छ । स्वीट्जरल्याण्डले आज साँझ सम्पन्न खेलमा क्यानरुनमाथि १–० को जित निकालेको छ । खेलको ४८ औं मिनेटमा ब्रेल इम्बोलोले निर्णायक गोल गरेका हुन् । खेलमा दुवै टिमले बराबरजसो बल आफ्नो नियन्त्रणमा लिएका थिए । स्वीट्जरल्याण्डले ३ तथा क्यामरुनले ४ वटा गोलका लागि प्रहार गरेको थियो । स्वीट्जरल्याण्डले १० तथा क्यामरुनले पाँच वटा कर्नर हानेको थियो । खेलका क्रममा स्वीट्जरल्याण्डले २ तथा क्यामरुनले एउटा पहेंलो कार्ड पाएको थियो । योसँगै समूह जीमा स्वीट्जरल्याण्डले जित शुरुवात गर्दा क्यामरुनले हारको सामना गरेको छ । यो समूहमा ब्रजिल र सर्बिया पनि रहेका छन् ।