सिमेन्ट उद्योगको प्रदुषणले स्थानीयवासी हैरान (भिडियो)

धादिङको धुनिबेसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय जनता बिरामी पर्न थालेका छन् । शरीरभरि फोकाहरु आउने, चिलाउने, एलर्जी हुने, घाँटी सुक्ने जस्ता समस्याले स्थानीय जनता हैरान छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको हो ।
उद्योग संचालन हुन थालेको केही वर्ष यता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताएपनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ । स्थानीय लक्ष्मी राई भन्छिन्–‘उद्योगबाट निस्कने प्रदुषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन, ज्यान बचाउनकै लागि हामीले थाकथलो छोडेर भाग्नुपर्ने अवस्था आयो ।’
सिमेन्ट उद्योगबाट निस्केको प्रदुषणका कारण जुगेडीका करिब दुई सय ३० प्रत्यक्ष मारमा छन् । स्थानीयहरुका अनुसार यहाँका करिब ५० जना भन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफुखसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिहरुको रोहबरमा चेकजाँच गराएका छन् ।
चेकजाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिहरुले स्वास्थ्यकर्मीलाई नै दवावमा पार्ने गरेको पीडितहरुको भनाई छ । चेकजाँच गरेपछि अस्पतालले दिएको रिपोर्ट समेत उद्योगका मानिसहरुले राखेर आफुहरुलाई हेर्न नदिएको उनीहरु बताउँछन् । घाँटी सुख्खा हुने र शरीरमा फोकाहरु आएर चिलाउने समस्या भएपछि केही दिन अघिमात्रै काठमाडौको वीर अस्पतालमा चेकजाँच गराउँदाको रिपोर्ट राइले बताइन्।
भिडियो –
-
फार्मेसी अनुगमन निरन्तर हुन्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको...
३ घण्टा अगाडी २ मिनेट पाठ -
कोसीमा प्रदेश: दुई मन्त्री र राज्यमन्त्रीले लिए शपथ
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार दुई मन्त्री...
४ घण्टा अगाडी १ मिनेट पाठ -
पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई...
४ घण्टा अगाडी २ मिनेट पाठ -
कुश्माका अठार स्वास्थ्य संस्था औषधिविहीन
निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य...
६ घण्टा अगाडी ३ मिनेट पाठ -
इन्द्रजात्रा हेर्न २० विदेशी पाहुनालाई निमन्त्रणा
काठमाडौं महानगरपालिकाले भगिनीसम्बन्ध भएका विभिन्न देशका २० विदेशी पाहुनालाई यहाँको ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न...
७ घण्टा अगाडी २ मिनेट पाठ