आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

‘जलहरी’ को विषयमा प्रतिपक्षी दलको नेतालाई जोड्नु अनुचितः प्रधानमन्त्री(भिडियोसहित)


Nepal Raibar
१३, जेठ २०८० (अर्काइभ बाट)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा प्रतिपक्षी दलका नेतालाई जोड्नु अनुचित भएको बताएका छन् । आज (शनिबार) को प्रतिनिधिसभा बैठकको सुुरुमै उनले यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको उल्लेख गरे । अख्तियारले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने उनले बताए । निष्पक्ष छानबिनमा सरकारले साथ दिने प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे । ‘पशुपति मन्दिररमा रहेको जलहरीबारे यहाँ चर्चा उठको छ । योलगायत विषयमा काम गर्ने अधिकार पशुपति क्षेत्र विकास कोषको काम हो र उसले काम गरिरहेको छ’, उनले भने, ‘यो अख्तियारमा निवेदन परेर छानबिन भइरहेको छ । आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्नेछ । यसमा सरकारले सहयोग गर्नेछ । प्रमुख प्रतिपक्षी दलको नेता जोडेर विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय रेकर्डबाट हटाउने चलन छ । बाँकी कुरा त्यति बेला राख्नेछु ।’ https://youtu.be/bg0s4TOExFY हेर्नुहोस् यो भिडियो पनि: https://youtu.be/G_obJOTQjIk