बागलुङ–बेनी सडक मार्ग खुलेको २९ वर्षपछि कालोपत्र

बागलुङ–बेनी सडक कालोपत्र गर्ने कामले मार्ग खुलेको २९ वर्षपछि पूर्णता पाएको छ । बागलुङ–बेनी म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक हो । करिब १७ किलोमिटर दुरिको यो सडक वि.स. २०५२ मा मार्ग खुलेको थियो । बागलुङदेखि ११ वर्षअघि सडक कालोपत्र गर्न थालिएको थियो ।
बागलुङ देखि बेनीसम्मको सबै खण्डमा सडक कालोपत्र गर्ने कामले यसपाली पूर्णता पाएको पुर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका सबइञ्जिनियर रविन चोखालले बेनी नगरपालिका–१ भुवाने देखि हुलाके खण्ड कालोपत्र भएसँगै बागलुङ–बेनी सडक पक्कि बनाउने योजनाले पूर्णता पाएको बताए ।
बागलुङ देखि रत्नेचौरको भुवानेसम्म सडक डिभिजनले यसअघिनै कालोपत्र गरेको थियो । खबरा–बेनी एक किलोमिटर २०० मिटर सडक गत वर्ष कालोपत्र र ढलान गरेको थियो । सडकले पूर्वाधारलाई हस्तान्तरण गरेको भुवाने देखि खबरा हुलाकेसम्मको तीन किलोमिटर आठ सय मिटर सडकमा डिबिएसडी प्रबिधिको पहिलो चरणको कालोपत्र सकिएको छ । दश दिनपछि दोस्रो कोड बिछ्याएपछि पिच सकिन्छ ।
यो सडक विस्तार र कालोपत्रे गर्न सडक डिभिजन कार्यालय बागलुङले बि.स. २०७४ साउनमा नागार्जुन देब एण्ड सायर बिएन जेभीसँग रु. तेह् करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो । वि.स. २०७६ मा कोरोना महामारी शुरु भएपछि रोकिएको सडक निर्माणलाई वि.स. २०७७ असारको बाढी पहिरोले क्षति पुर्यायो । पहिरोले क्षति गरेपछि गर्नुपर्ने अतिरिक्त कामको भेरिएसन अर्डर (भिओ) स्विकृत भएपछि यसपाली कालोपत्र गरेको हो ।
बागलुङ–बेनी अन्तरगत सडक कालोपत्र भएपछि आवत जावत सहज, यात्राअवधि छोटिएको र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ । पर्वत हुदै म्याग्दी जोड्ने १३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको क्रममा रहेकाले म्याग्दी, मुस्ताङ आवत जावत गर्ने धेरै सवारी साधन मालढुङ्गा–बागलुङ–बेनीको बैकल्पिक सडक प्रयोग गर्दै आएका छन् ।
-
जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ
दक्षिणकाली नगरपालिका-४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत...
३ मिनेट अगाडी १ मिनेट पाठ -
नारायणीमा क्रुजसीप सञ्चालनपछि पर्यटक आगमन बढ्यो
मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको नेपालकै पहिलो क्रुजसीपले व्यावसायिक यात्रा प्रारम्भ गरेसँगै...
३५ मिनेट अगाडी ३ मिनेट पाठ -
पोखरा–मुग्लिन सडक: पूर्वी खण्डको कालोपत्र सुरु
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको...
१ घण्टा अगाडी ३ मिनेट पाठ -
भरत तालमा ‘स्काइ साइक्लिङ’ निर्माण
सर्लाहीको बागमती नगरपालिका– ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा...
२ घण्टा अगाडी २ मिनेट पाठ -
नक्कली भुटानी शरणार्थी प्रकरण: थुनछेक बहस सुरु
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ। हालसम्म पक्राउ परेका १८...
३ घण्टा अगाडी २ मिनेट पाठ