नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। विजयी भएसँगै प्रचण्ड विहीबार बिहानै हेलिकोप्टरबाट गाेरखा पुगेका हुन् ।
विहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६ हजार १ सय ३ मत पाएर विजयी भएका छन्। प्रचण्डले १३ हजार ४ सय ७७ मतान्तरसहित जित निकालेका हुन्। गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय २६ र नेकपा एमालेका अब्दुस मियाँले ७ हजार ३ सय १२ मत प्राप्त गरेका छन्।
प्रचण्डका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए। एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरे। गोरखा-२ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो। प्रचण्ड चौथो पटक सांसद बनेका हुन्।
०६४ मा रोल्पा र काठमाडौं १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए। ०७४ मा चितवनबाट निर्वाचित भएका प्रचचण्ड यसपटक गोरखा २ बाट विजयी भएका हुन्।
हेर्नुहोस् भिडियो -
https://youtu.be/bnqawmQBEoY