परम्परागत प्रविधिमा आधारित उखु पेल्ने कोल अझै लोकप्रिय

म्याग्दीको ग्रामिण क्षेत्रमा परम्परागत प्रविधिमा आधारित उखु पेल्ने कोल अझै लोकप्रिय छ । आधुनिक विद्युतीय मेशिन अर्थात मिलको प्रयोग बढ्दो समयमा यहाँका बासिन्दाले भने उखु पेल्न परम्परागत कोलको प्रयोगलाई निरन्तरता दिएका हुन् । कोलमा पेल्दा धेरै रस आउने, शुद्ध र राम्रो हुने कृषकहरुको भनाई छ । कोलमा पेलेको उखुको रस स्वस्थकर हुने उनिहरु बताउँछन् ।
कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ । चिनिको उपलब्धता नहुँदा गाउँघरमा गुलियोगका लागि खुदो प्रयोग हुन्थ्यो । खुदोलाई पुजाआजामा पनि प्रयोग गरिन्छ । मंगला गाउँपालिका–२ सिमका खगेन्द्र केसीको घरमा पचास वर्षदेखि एउटै कोल प्रयोग भइरहेको छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट कृषकहरु आउने गरेका छन् । कोलमा उखु पेले वापत १५ लिटर बराबर ८० रुपियाँ शुल्क तोकिएको छ ।
मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् । फलामको कोलको बिचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुई देखि तीन जना जनशक्ति आवश्यक पर्छ ।
-
लेनदेन विवादमा अपहरणको नाटक, काठमाडौंबाट ६ जना पक्राउ
अपहरणको नाटक गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१३...
६ घण्टा अगाडी २ मिनेट पाठ -
अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य
सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती)...
१० घण्टा अगाडी ३ मिनेट पाठ -
पोलका तार हटाउन सिद्धार्थनगरको सात दिने अल्टिमेटम
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र विद्युतीय तारहरु व्यवस्थित गर्न नगरपालिकाले सम्बन्धित कार्यालयहरुलाई सात दिनको...
१० घण्टा अगाडी १ मिनेट पाठ -
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सर्लाहीको कविलासी नगरपालिका ७ मा...
१० घण्टा अगाडी १ मिनेट पाठ -
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु:आईएफआरसी महासचिव चापागाईं
रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई...
१० घण्टा अगाडी ४ मिनेट पाठ