शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भाटभटेनीका बहादुर सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित पुरस्कृत, पाँच ग्रेड बढुवा

भाटभटेनीका बहादुर सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित पुरस्कृत, पाँच ग्रेड बढुवा

चैत्र २०, २०८१ बुधवार
चैत्र २०, २०८१ बुधवार
  • भाटभटेनीका बहादुर सुरक्षा गार्ड पराजुली ५ लाख नगदसहित पुरस्कृत, पाँच ग्रेड बढुवा

    भाटभटेनी सुपरमार्केटले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । गत चैत १५ गते राजावादीहरुले आयोजना गरेको आन्दोलनका क्रममा भाटभटेनी लुट्न पुगेका लुटेराहरुलाई भगाएर बहादुरी देखाएका उनलाई आज भाटभटेनीले एक कार्यक्रमका बीच नगद सहित पुरस्कृत गरेको हो ।

    भाटभटेनीले पराजुलीलाई ५ लाख रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेको हो । उनलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले दुबोको माला लगाइदिएर सम्मान गरेका हुन् ।

    कार्यक्रममा लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अरु कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ । सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको भाटभटेनीले जनाएको छ ।

    यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् । पराजुली लुटेराहरूलाई लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । २२ वर्षदेखि पराजुली भाटभटेनीमा सुरक्षा गार्डको रुपमा काम गर्दै आइरहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार