Jul 09 2026

Jul 09 2026 | बिहिवार, आषाढ २५ गते २०८३

चन्द्रागिरि नगरपालिकाको वडा ८ बालश्रम मुक्त वडा

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा-८ बालश्रम मुक्त वडा भएको छ । आज एक विशेष समारोहका बीच उक्त वडा बालश्रम मुक्त भएको घोषणा गरिएको हो ।काठमाडौंको चन्द्रागिरि नगरपालिकाले वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा २०८१ सालभित्र बालश्रम मुक्त पालिका बनाउने उद्येश्यले विभिन्न कार्यक्रमहरु तथा गतिविधि सञ्चान गरिरहेको छ । 

अनुगमन तथा र्‍यालीसहित जनचेतना मुलक कार्यक्रम गरी उक्त वडालाई बालश्रम मुक्त घोषणा गरिएको हो । बालश्रम मुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ। यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचकहरू पूरा गर्नुपर्नेहुन्छ । नगरपालिकाका १५ वडामध्ये अहिलेसम्म वडा ३ र १४ भने बालश्रम मुक्त भइसकेका छन् ।

३३.jpeg

वडालाई बालश्रम मुक्त घोषणा गर्ने क्रममा वडाध्यक्ष प्रल्हाद रिजालले वडामा बालश्रम हटाइसकेको र अब यसपश्चात पनि निरन्तर अनुगमन तथा सचेतना गर्ने बताए । बालश्रम मुक्त घोषणाको पूर्वसन्ध्यामा आज उक्त वडामा बाजा तथा प्लेकार्टसहित स्थानीयले र्‍याली निकालेका थिए ।

घोषणा समारोहमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले समग्र नगरपालिकालाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियान जारी रहेको बताए । उनले आगामी २०८१ सालको चैतसम्ममा उक्त घोषणा गर्ने उद्येश्यसहित बालमैत्री नगर बनाउन नगरपालिका प्राथमिकताका साथ लागेको जिकिर गरे ।

२२.jpeg

यस्तै, चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले घोषणा हुनु महत्वपूर्ण भएको बताउँदै यसलाई नियमित कार्यान्वयनतर्फ लैजान सबैको ध्यान जानुपर्नेमा जोड दिएका थिए। बालश्रम मुक्त बनाउन बाल विकास समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान तथा विभिन्न कार्यक्रम गरि सहयोग गरिरहेको बाल विकास समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले जानकारी दिए ।