शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

इटहरीमा वृद्धाको हत्या आरोपमा एकजना पक्राउ

इटहरीमा वृद्धाको हत्या आरोपमा एकजना पक्राउ

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • इटहरीमा वृद्धाको हत्या आरोपमा एकजना पक्राउ

    सुनसरीको इटहरी उपमहानगरपालिका–२, शान्तझोडास्थित राईटोलमा वृद्धाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ७० वर्षीया मधुमाया पुरीको हत्या आरोपमा सोही ठाउँका ४० वर्षीय सन्तोष राईलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

    आफ्नै घरनजिक रहेको गाईगोठमा मल सोर्दै गरेको अवस्थामा राईले पछाडिबाट खुकुरीले प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । तरहरा सामुदायिक अस्पतालमा सामान्य उपचारपछि उनलाई धरानतर्फ पठाइएको थियो । उपचारका क्रममा पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राईलाई खुकुरीसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट