शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

पक्राउ पुर्जीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीबाट आन्दोलनको घोषणा

पक्राउ पुर्जीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीबाट आन्दोलनको घोषणा

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • पक्राउ पुर्जीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीबाट आन्दोलनको घोषणा

     नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौँले हिजो विप्लव लगायत नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि आज एक विज्ञप्तिमार्फत उनले आन्दोलनको घोषणा गरेका हुन् ।

    जिल्ला अदालत काठमाडौँले हिजो महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पोलिटब्युरो सदस्य माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । महासचिव विप्लवले जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर पक्राउ पुर्जी जारी गर्नु सरकारसँग २०७७ साल फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भएको उल्लेख गरेका छन् । उनले प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएका ३ बुँदे सहमति मध्ये एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्ने रहेको स्मरण समेत गराएका छन् । उनले यसले देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथि हमला भएको जनाएका छन् ।

     विज्ञप्तिमा भनिएको छ, ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेको न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ ।’ पक्राउ पुर्जीविरुद्ध नेकपाले आजदेखि तीन दिनको सङ्घर्षका कार्यक्रम समेत घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार आज साँझ साढे ५ बजे मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम रहेका छन् ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट