शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

नेकपा एकीकृतको सचिवालय बैठक जारी, महाधिवेशनको मिति तोकिने

नेकपा एकीकृतको सचिवालय बैठक जारी, महाधिवेशनको मिति तोकिने

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • नेकपा एकीकृतको सचिवालय बैठक जारी, महाधिवेशनको मिति तोकिने

    नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक आज पुनः सुरु भएको छ । सोमबारदेखि सुरु भएको उक्त पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आज पुनः बसेको हो । 

    हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो ।  आजको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दिएका छन् । उनले पार्टीको महाधिवेशनको मिति, राष्ट्रियसभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा आजको बैठकमा छलफल भइरहेको बताएका छन् । 

    उनले भने, ‘आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गरिने छ र राष्ट्रियसभाको निर्वाचनका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुँदैछ ।’

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट