शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

सरकार फेरबदलको कुरा भएको छैन: विश्वप्रकाश शर्मा

सरकार फेरबदलको कुरा भएको छैन: विश्वप्रकाश शर्मा

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • सरकार फेरबदलको कुरा भएको छैन:  विश्वप्रकाश शर्मा

     नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार फेरबदलबारे  गठबन्धन र पार्टीमासमेत कुनै कुरा नभएको बताएका हुन् । 

    महामन्त्री शर्माले सरकारबाट भएका कमीकमजोरीको  आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गरे । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ थियो ।  सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाए। 

    पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर नीति बनाउने अधिवेशन भएको प्रष्ट पार्दै उनले महासमितिको अधिवेशनमा नेतृत्वको लागि चयनभन्दा पनि नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा जोड दिए।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट