बिहिवार, फाल्गुण १७ गते २०८०

२०८०, फाल्गुण १७गते

29th Feb 2024

    बिहिवार, फाल्गुण १७ २०८०
images
images

पाँच निर्माण कम्पनी सरकारको कालो सूचीमा

पाँच निर्माण कम्पनी सरकारको कालो सूचीमा

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • पाँच निर्माण कम्पनी सरकारको कालो सूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीलाई कालोसूचीमा चढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको अनुगमन कार्यालयले मंगलबार तीन निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिसाई जेभी पुतलीसडकलाई तीन वर्षसम्म कालोसूचीमा रहनेगरी चढाएको हो ।

    भारत कन्सट्रक्सनका मुख्य व्यक्ति राजिव गुर्गा, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिका दीपेन्द्रबहादुर शाही र मैनाचुली निर्माण सेवा प्रालिका मुख्य व्यक्ति मदन कुमार अधिकारी रहेका छन् । मध्यपहाडी राजमार्गको आयोजनामा काम नगरेपछि सो कम्पनीलाई कालोसूचीमा राख्न पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्का सम्झौता या खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । यस्तै मैनाचुली–सिद्धिसाई जेभी नयाँबानेश्वरलाई दुई वर्षसम्म कालोसूचीमा राखिएको छ । शेर्पा–हेना–सुनामी जेभी विदुर–७ नुवाकोट पनि एक वर्षसम्म कालोसूचीमा परेको छ ।

     शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स का.म.न.पा –१६ र इजोन निर्माण सेवा,जुम्ला पनि एक÷एक वर्षका लागि कालोसूचीमा परेका छन् । इजोन निर्माण सेवाका मुख्य व्यक्ति हरिराम बोहरा रहेका छन् । कालोसूचीमा परेका पाँचवटै निर्माण कम्पनीलाई सडक विभग र स्थानीय तहको सिफरिसमा कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।

    images

    Notice.jpg

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट