बिहिवार, फाल्गुण १७ गते २०८०

२०८०, फाल्गुण १७गते

29th Feb 2024

    बिहिवार, फाल्गुण १७ २०८०
images
images

स्वरसम्राट नारायण गोपालको आज ३३औँ स्मृति दिवस

स्वरसम्राट नारायण गोपालको आज ३३औँ स्मृति दिवस

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • स्वरसम्राट नारायण गोपालको आज ३३औँ स्मृति दिवस

    स्वरसम्राट नारायण गोपालको ३३औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको हो । 

    उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले थुप्रै कालजयी गीत गाएका छन् । उनका ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘एउटा मान्छेको मायाले’, ‘झरेको पात झैँ भयो जिन्दगी’, ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ’, ‘केही मीठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ जस्ता गीतहरू चर्चित छन् । यसैबीच, नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले आज विशेष कार्यक्रम गरी सो सम्मान दिन लागेको हो ।

    कोषकी अध्यक्ष उषा शेरचनले दिएको जानकारी अनुसार तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब ६ दशक समर्पित भएबापत सो सम्मान दिइने भएको हो ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट