शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

टिकटक प्रतिबन्धविरुद्ध रिटको सुनुवाइ न्यायाधीश माथेमा र शर्माको इजलासमा

टिकटक प्रतिबन्धविरुद्ध रिटको सुनुवाइ न्यायाधीश माथेमा र शर्माको इजलासमा

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • टिकटक प्रतिबन्धविरुद्ध रिटको सुनुवाइ न्यायाधीश माथेमा र शर्माको इजलासमा

    सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

    यसअघि मंसिर ५ गते न्यायाधीश विनोद शर्माको इजलासले टिकटक बन्दको सन्दर्भमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । अदालतको आदेश बमोजिम सरकारले लिखित जवाफ पेस गरेकाले आजबाट सो मुद्दामा नियमित सुनुवाइ हुन लागेको हो । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुँइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपानेलगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

    रिट निवेदनमा टिकटक प्रतिबन्धका कारण स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ ।

    images

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट