शुक्रवार, फाल्गुण १८ गते २०८०

२०८०, फाल्गुण १८गते

1st Mar 2024

    शुक्रवार, फाल्गुण १८ २०८०
images
images

आगो ताप्ने क्रममा जलेर मृत्यु

आगो ताप्ने क्रममा जलेर मृत्यु

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • आगो ताप्ने क्रममा जलेर मृत्यु

    आगो ताप्ने क्रममा बाह्रबिसेमा एकजनाको मृत्यु भएको छ । काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिन्डर पड्किँदा उक्त घटना भएको जानकारी दिए ।

    आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको उनले बताए । लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो । क्षतिको अन्य विवरण आउन बाँकी रहेको जनाइएको छ ।

    images

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट