बिहिवार, फाल्गुण १७ गते २०८०

२०८०, फाल्गुण १७गते

29th Feb 2024

    बिहिवार, फाल्गुण १७ २०८०
images
images

अमेरिकामा अस्मिताका ४५ दिनः विभिन्न १२ सहरमा कन्सर्ट

अमेरिकामा अस्मिताका ४५ दिनः विभिन्न १२ सहरमा कन्सर्ट

सोमवार, मंसिर १८ २०८०
सोमवार, मंसिर १८ २०८०
  • अमेरिकामा अस्मिताका ४५ दिनः विभिन्न १२ सहरमा कन्सर्ट

    चर्चित गायिका अस्मिता अधिकारीले अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । ’यूएसए फर्स्ट म्युजिकल यात्रा–भोल्युम वन’ नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सियाटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो ।

    नेपालीको मुख्य पर्वहरुमध्ये दसैँ र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्ससको डलासबाट सुरु भएको कन्सर्ट नोभेम्बर २५ मा भर्जिनियामा समापन भएको थियो ।

    अधिकारीले पहिलो पटक अमेरिकामा आफ्नो प्रस्तुति दिएकी हुन् । एउटै यात्रामा अमेरिकाका १२ सहरहरूमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ । लाइभएट प्रेजेन्स, प्लानेट थ्रीफिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेशनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए ।

    images

    आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्टहरू सम्पन्न भएका छन् । छोटो समयमा धेरै स्थानमा र विश्वस्तरीय कन्सर्ट स्थलहरूमा कार्यक्रम आयोजना भएका थिए । हरेक विकेन्डमा आयोजित कन्सर्टमा नेपालीभाषी डायस्पोरा समुदाय, दोस्रो पुस्ताका नेपालीहरू र केही विदेशी नागरिकहरूको पनि सहभागिता थियो ।

    अस्मिताको अमेरिका यात्रा अत्यधिक सफल र उत्कृष्ट रहेको प्रतिक्रिया प्राप्त गरेको आयोजकमध्ये एक शरद युवराज सिंहले बताए ।

    ‘यस क्षेत्रमा काम गरेको डेढ दशकभन्दा लामो अवधिको अनुभवमा हामीले गायिका अस्मितालाई कोमल आत्मा भएकी, मिलनसार, राम्रो संस्कारी र नेपाली डायस्पोरा समुदायलाई राम्रोसँग बुझ्ने व्यक्तिको रूपमा पायौं’, सिंहले भने ।

    उनको कन्सर्ट आयोजना गर्न पाउँदा गर्व अनुभव गरेको उल्लेख गर्दै सिंहले नेपाललाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग अझ नजिक्याउन अस्मिताले मद्दत गरेको विश्वास लिएको बताए ।

    अस्मिताले पछिल्लो समयको चर्चित गीत ’काले केटाले’ सहित ‘टाढा भए पनि’, ‘मेसो मिलाएर’, ‘रमरम मरौटी’, ‘उता परेली झिमझिम भो’, ‘फूलै फूल दिन्छौ कि’ लगायत दर्जनौँ गीतहरूले दर्शक झुमाएकी थिइन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार

    ताजा अपडेट